FAQs Complain Problems

परिचय

बागलुङ जिल्लाको पुर्वी क्षेत्रमा कालीगण्डकी नदीको तटवर्तिर् इलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गा.वि.स.लाई समायोजन गरी २०५३ साल माघ १८ गते बागलुङ नगरपालिकाको घोषणा गरिएको थियो । २०५४ सालको स्थानीय निर्वाचनबाट यसको गठन भएको हो । बागलुङ नगर ११ वटा वडामा विभाजित छ जसमध्ये वडा नंं. १, २, ३ पुरा र ४, १० र ११ को केही भाग समथरिलो र बाँकी वडाहरु भिरालो प्रकृतिका रहेका छन् । वडा नं. १,२,३ र ४ मुख्य बजार क्षेत्रमा रहेका छन् । बागलुङ नगर, भौगोलिक दृष्टिकोणले झण्डै मध्य नेपालमा पर्ने र प्रशासनिक दृष्टिकोणले पश्चिामाञ्चलमा पर्ने पहाडी जिल्ला बागलुङको पर्ूर्वीर् इलाकामा प्रसिद्ध कालीगण्डकी र काँठेखोलाको संगमर् इलाकामा अवस्थित छ । बागलुङ जिल्लाको पर्ूर्वी क्षेत्र कालीगण्डकीको तटवर्तीर् इलाकामा धौलागिरी हिमालको छविछाँयामा २८०१५ देखि २८०२२ उत्तरी अक्षांश र ८३०२२ देखि ८३०३६ पर्ूर्वि देशान्तरमा १९.२३ वर्ग कि.मि. क्षेत्रफलमा रहेको बागलुङ नगरक्षेत्र " माछिचरनदेखि डंाँफेचरन " सम्म फैलिएको छ । बागलुङ नगरपालिका समुन्द्री सतहवाट ८०५ मिटरदेखि करिव २,१५० मिटर सम्मको उचाईमा अवस्थित छ । बागलुङ नगरको आर्थिक तथा सामाजिक अवस्थाको अध्ययन गर्ने प्रयोजनका लागि न.पा. कार्यालयवाट २०६४ श्रावणदेखि कार्त्तिकसम्ममा गरिएको र्सर्भेक्षण अनुसार विश्लेषित घरपरिवार ४७५५ र जनसंख्या २४,४३६ रहेको र नगरको तथ्यांक संकलन गर्ने सर्न्दर्भमा तयार गरिएको प्रविधियुक्त प्रश्नावली अनुसार कतिपय घर परिवारको तथ्यांक आवश्यक मात्रामा प्राप्त नभएका कारण कम्प्युटर प्रविधिमा प्रविष्टि हुन नसकी प्रोफाइलमा समावेश हुन नसकेका ३८१ घर परिवार समेतलाई -विश्लेषण भएका घरको औषत परिवारको आकार ५.१ को आधारमा) समेटी हर्ेदा नगरको कुल घरपरिवार संख्या ५१३६ र जनसंख्या २६३७९ हुन आउने देखिन्छ जसमध्ये महिला १३१०३ र पुरुष १३२७६ रहेको देखिन्छ सो समयमा संकलन गरिएको तथ्यांक अनुसार नगरको जनसंख्या वृद्धिदर ४.४१ प्रतिशत रहेको थियो भने २०६८ को राष्ट्रिय जनगणना अनुसार नगरको कुल जनसंख्या २९३६० रहेको जसमध्ये महिला संख्या १५,८०४ र पुरुष संख्या १३५५६ रहेको छ । उक्त तथ्यंाक अनुसार नगरको जनसंख्या वृद्धिदर २.८ प्रतिशत रहेको छ त्यसैगरी घरधुरी संख्या ७८४८ रहेको छ । यद्यपि विभिन्न पेशा व्यवसाय गर्नेहरु, शिक्षक कर्मचारी तथा अन्य राष्ट्रसेवकहरु र विद्यार्थि समेत गरी स्थायी वा अस्थायी तवरले नगरमा वसोवास गर्ने कुल जनसंख्या करिव ५०,००० रहेको अनुमान गरिएको छ । नगरपालिकाको स्थापना कालदेखि लगातार भाडाको घरवाट दैनिक सेवा प्रवाह हुंदै आएकोमा २०७० साल वैशाख १२ गते देखि नगरपालिका कार्यालय वडा नंं ४ स्थित रात्माटामा निर्मित आपmनै कार्यालय भवनवाट सेवा प्रवाह गरिएको छ । बागलुङ नगरमा ऐतिहासिक सामरिक महत्वका ताराजलकोट, कारिकोट, माझकोट, राँयकोट र संसारकोट गरी ५ वटा कोटहरु रहेका छन् । त्यसतैगरी धार्मिक तथा पर्यटकीय महत्वका कालिका भगवती मन्दिर क्षेत्र, मालिका भगवती मन्दिर क्षेत्र, निराघाट क्षेत्र र कैलाम पोखरी क्षेत्र रहेका छन् । यस क्षेत्रको प्रसिद्ध कालिका भवगती मन्दिरमा प्रत्येक वर्षआश्विन शुक्ल पक्ष र चैत्र शुक्लपक्षको नवदर्ुगा अवधिमा भक्तजनहरुको ठुलो घुँइचो लाग्दछ भने चैत्र शुक्लपक्षमा कालिका मन्दिर परिसरमा चैते दशैं मेला लाग्दछ, त्यस अवसरमा लाखौ श्रद्धालु भक्तजनहरुको उपस्थिति रहन्छ । यस क्षेत्रसंगैं धौलागिरी अञ्चलका शहीदहरुको सम्झनामा निर्माण गरिएको -निर्माणाधिन) धौलागिरी शहीद स्मृति पार्क पनि यहाँ रहेको छ । नगरको थथ्यांकीय विवरण संक्षिप्त रुपमा तल प्रस्तुत गरिएको छ । पछिल्लो जनगणना अनुसारको विस्तृत तथ्यांक विवरण प्राप्त भै नसकेकोले मानव विकास सम्बन्धी सूचनाहरु २०६४ को र्सर्भेलाई आधार मानी समावेश गरिएको छ । 

 

 

 

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?